यू-१७ साफ र एएफसी फुटबल टोली घोषणा

काठमाडौँ - श्रीलंकामा आयोजना हुने यू-१७ साफ च्याम्पियनसिप र भियतनाममा हुने यू-१७ एएफसी एसिया कप छनोट खेल्ने २४ सदस्यीय पुरुष टोलीको घोषणा भएको छ।
मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले प्रतियोगितामा सहभागी हुने २३ सहित १ वैकल्पिक खेलाडी छनोट गरेका हुन्। यद्यपि, उनले कप्तानको टुंगो लगाएका छैनन्। ‘अझै हामीसँग केही समय बाँकी छ त्यसैले १ खेलाडी वैकल्पिक राखेका छौँ,’ श्रेष्ठले भने। नेपाली टोली भदौ तेस्रो साता श्रीलंका प्रस्थान गर्नेछ।

साफमा नेपालको प्रतिद्वन्द्वी
श्रीलंकामा आयोजना हुने प्रतियोगितामा पाकिस्तानबाहेक ७ टोलीको सहभागिता रहनेछ। आयोजकले सहभागी टोलीलाई २ समूहमा विभाजन गरेको छ। समूह ‘ए’मा आयोजक श्रीलंका, माल्दिभ्स र बंगलादेश रहेका छन्। यस्तै, समूह ‘बी’मा नेपालसहित भारत र भुटान रहेका छन्। नेपालले आफ्नो पहिलो खेल ७ सेप्टेम्बरमा भुटानसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। यस्तै, नेपालले भारतविरुद्ध ९ सेप्टेम्बरमा दोस्रो खेलमा सामना गर्नेछ। दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्।

एएफसी छनोटमा नेपालका प्रतिस्पर्धी
एएफसी एसियन छनोट खेलमा नेपाल समूह ‘एफ’ मा रहेको छ। बलियो मानिएको समूहमा आयोजक भियतनामसहित थाइल्यान्ड र चाइनिज ताइपे रहेका छन्। नेपालले साफपछि एएफसी छनोट खेल खेल्नेछ। नेपालले पहिलो खेल ५ अक्टोबरमा थाइल्यान्डविरुद्ध खेल्नेछ। यस्तै, भियतनामसँग ७ अक्टोबरमा खेल्दा नेपालले ९ अक्टोबरमा चाइनिज ताइपेसँग खेल्ने तालिका रहेको छ।

नेपाली टिम
गोलरक्षक - कृष्ण मोक्तान, समीर चन्द, रुवेन बोगटी
डिफेन्डर - अश्विन घोरासैनी, सिमन्त थापा, युनेस बुढाथोकी, मदन पौडेल, दीपक थापामगर, निशान्त तामाङ, युनिस मगर, विक्रम तामाङ, प्रितम कार्की, धीरज विश्वकर्मा
मिडफिल्डर - प्रशान्त लक्ष्मण, मिरक लिङ्देन, सरोज धामी, हरिशराज भट्ट, लक्षु थापा
स्ट्राइकर - नीरज कार्की, धनसिंह विक, विनोद केसी, समीर तामाङ, सिजल राई, सुवास बम 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×