लुकाकु इन्टर मिलानमा अनुबन्धित

काठमाडौँ - इटालियन क्लब इन्टर मिलानले रोमेलु लुकाकुलाई ऋणमा अनुबन्ध गर्ने भएको छ। इन्टरले लुकाकुलाई इंग्लिस क्लब चेल्सीबाट एक सिजनका लागि अनुबन्ध गर्न सहमत भएको हो। २९ वर्षीय लुकाकुलाई ८ मिलियन युरोमा अनुबन्ध गर्न लागेको बताइएको छ।

बेल्जियमका फरवार्ड लुकाकु गत वर्ष इन्टरबाट क्लबको कीर्तिमानी ९७ दशमलव ५ मिलियन पाउण्डमा चेल्सीमा पुनः अनुबन्धित भएका थिए। सात वर्षपछि चेल्सी फर्किएका उनले चेल्सीसँग पाँच वर्षको सम्झौता गरेका थिए। लुकाकुले सन् २०१४ मा चेल्सी छाडेर उनी एभर्टन गएका थिए। एभर्टनबाट सन् २०१४ देखि २०१७ सम्म उनले १६६ खेल खेल्दै ८७ गोल गरेका थिए।

सन् २०१७ मा म्यानचेष्टर युनाईटेडमा अनुबन्धित भएका उनले ९६ खेल खेल्दै ४२ गोल गरेका थिए। युनाईटेडपछि उनी सन् २०१९ मा इन्टर मिलानमा अनुबन्धित भएका थिए। लुकाकुले गएको सिजनमा चेल्सीका लागि १५ गोल गरेका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×