नेपाल टी–२० क्रिकेट लिग हुने

काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टी–२० क्रिकेट लिग आयोजना गर्ने भएको छ। क्यानले सोमबार विज्ञप्तिमार्फत नेपाल टी–२० आयोजना गर्ने जानकारी दिएको हो।

उक्त प्रतियोगिता आयोजना गर्न क्यानले दुई महिनाअघि राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट अनुमति पाएको थियो। भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्स नेपाल टी–२० लिगको रणनीतिक र कर्मसियल साझेदारीको रूपमा रहनेछ।


क्यानले प्रतियोगिता आयोजना गर्न सो कम्पनीसँग ८ वर्षको लागि ३३ करोडको सम्झौता गरेको छ। जबकि, यो सम्झौता १० वर्षको थियो, तर पछि २ वर्ष घटाएर ८ बर्ष बनाएको  हो।

 नेपाल प्रिमियर लिग अन्य कसैले दर्ता गराएको हुँदा नेपाल टी–२० को नामबाट आयोजना गर्न लागेको क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले  बताएका छन्। प्रतियोगिता आगामी सेप्टेम्बरमा आयोजना गर्ने तयारीमा छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×