सुनसरी - सुनसरीको दुहबी नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। आज सार्वजनिक भएको अन्तिम मत परिणामअनुसार नगरप्रमुखमा वेदनारायण गच्छदार र उपप्रमुखमा मेनुका पोखरेल विजयी भएका छन्। गच्छदारले ११ हजार ९१६ मत तथा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का विनयकुमार पोखरेलले ११ हजार ४६१ मत ल्याए।
त्यसैगरी उपप्रमुखमा कांग्रेसकी पोखरेल ११ हजार ९६ मतसहित विजयी भएकी छन्। उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी, नेपालका सरोजकुमार सिंहले पाँच हजार ४४ मत ल्याएका छन्। विसं २०७४ को निर्वाचनमा समेत यस नगरपालिकामा नगरप्रमुखमा गच्छदार नै निर्वाचित भएका थिए।