काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को ८औं महाधिवेशनमा निर्धारित निर्वाचन कार्यतालिका स्थगित भएको छ ।
शनिवार साँझ उम्मेदवारी दर्ता लगायत कार्यक्रम तोकिए पनि अन्तिममा स्थगित गरिएको हाे ।
सर्वसम्मत केन्द्रीय समिति चयन गर्ने प्रयास भइरहेकाले आइतवार दिउँसो १ बजेसम्मका लागि निर्वाचन कार्यक्रम स्थगित गरिएको स्राेतले बताएकाे छ।