काठमाडौँ l युट्युबमा भ्लग बनाउने चेतन कार्कीलाई पक्राउ गरिएको छ l उनलाई लागूऔषध मामिलामा पक्राउ गरिएको हो l प्रहरीले उनलाई लागूऔषध बोकेर हिँडेको गाडी सहित समाएको हो l शुक्रवार उनले चलाएको चेतन भ्लग आवरणको ०१–००३ क ९१८२ नम्बरको मिनी ट्रक चेक गर्दा लागूऔषध बरामद भएको थियो।
बर्दिबासबाट काभ्रेपलान्चोकको धुलिखेलतर्फ जाँदै गर्दा उनलाई समाईएको हो l प्रहरीले सुराकीको आधारमा उनलाई समाएको हो l उनको ट्र्याक सुटको दाहिने खल्तीबाट खैरो हेरोइन ४ दशमलव १३० ग्राम , गितारको कभरमा लुकाएर राखेको ६ दशमलव ९३० ग्राम गाँजा प्रहरीले बरामद गरेको हो l प्रहरीका अनुसार उनलाई सिन्धुली अदालतबाट ७ दिनको म्याद थपी अनुसन्धान राखिएको छ l