काठमाडौँ । नेपालले टी–२० विश्वकप अघि आज (बिहीबार) अमेरिकाविरुद्ध वार्मअप खेल खेल्दैछ । डलासस्थित ग्रान्ड प्रेरी क्रिकेट मैदानमा हुने यो खेल नेपाली समय अनुसार राति ९ः १५ बजेदेखि सुरु हुनेछ ।
यो खेल मौसमले प्रभावित गर्न सक्ने समेत बताइएको छ । नेपालले यसअघि क्यानडाविरुद्ध खेलेको वार्मअप खेलमा ६३ रनको हार व्यहोरेको थियो । आईसीसी वरियतामा नेपाल १७ औं स्थानमा छ भने अमेरिका १९औं स्थानमा रहेको छ । विश्वकप खेल्न रोहितकुमार पौडेलको कप्तानीमा नेपालले १५ सदस्यीय टिम छनौट गरेको छ ।
नेपाली टिममा कप्तान पौडेलसहित आसिफ शेख, अनिल साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुलसन झा, सोमपाल कामी, प्रतिश जीसी, सन्दीप जोरा, अविनाश बोहरा, सागर ढकाल र कमलसिंह ऐरी रहेका छन् ।