अन्तर्राष्ट्रिय टी-२० क्रिकेटको वरीयतामा नेपालको एक स्थान घट्यो

काठमाडौँ - टी-२० अन्तर्राष्ट्रिय क्रिकेटको वरीयतामा नेपालको स्थान घटेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले जारी गरेको नयाँ वरीयता अनुसार नेपालको टी-२० वरीयता एक स्थान घटेको हो।

नेपाल १५ औँ स्थानमा झरेको छ। नामिबिया १४औँ स्थानमा उक्लिएको छ। वरीयताको शीर्ष स्थानमा भारत रहेको छ। यस्तै, इङ्ग्ल्यान्ड दोस्रो, पाकिस्तान तेस्रो र दक्षिण अफ्रिका चौथो स्थानमा रहेको छ।

वरीयता घटेसँगै नेपालले सन् २०२४ मा आयोजना हुने टी-२० विश्व कपमा सिधै छनोट हुने सम्भावना कठिन बन्दै गएको छ। सन् २०२४ को टी-२० विश्व कपमा वरीयताको शीर्ष १२ टोलीले सिधै विश्व कपमा स्थान बनाउने छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×