अमेरिकी आइडल फाइनलिस्ट अर्थर गनले नेपालका सात सहरमा कन्सर्ट गर्ने

काठमाडौँ - अर्थर गनको रुपमा चर्चित अमेरिकन आइडल फाइनलिस्ट दिवेश पोखरेलले नेपालमा देशव्यापी कन्सर्ट गर्ने भएका छन्। हस्की स्वरले लोकप्रिय उनले भदौमा मुलुकका सात सहरमा कन्सर्ट गर्न लागेका हुन्। सन् २०२० को अमेरिकन आइडलमा फस्ट रनरअप भएका उनी त्यसयता पहिलोपटक नेपाल आउन लागेका हुन्।

कन्सर्ट आयोजक ब्रेनसर्भिसका अनुसार काठमाडौं, पोखरा, नेपालगञ्ज, भैरहवा, चितवन र इटहरीमा कन्सर्ट गर्ने तय भएको छ। काँकडभिट्टा कन्सर्टबारे निर्णय भइसकेको छैन।

ब्रेनसर्भिसका संस्थापक रिशम महर्जनका अनुसार अर्थर गनसहित स्थानीय ब्यान्डले पनि प्रस्तुति दिनेछन्। नेपाल पर्यटन बोर्डसँग मिलेर च्यारिटीसहित सद्भावना कन्सर्टको रुपमा यसलाई अघि बढाउने तयारी समेत रहेको छ। अर्थरको नेपाल कन्सर्टको सबै जिम्मा ब्रेनसर्भिसले लिएको छ। ‘कन्सर्टलाई च्यारिटीको शैलीमा पनि आयोजना गर्ने तयारी रहेको छ,’ महर्जनले भने।

अमेरिकन आइडलको बेला उनलाई जिताउन नेपालमा समेत फ्यानहरुले र्‍याली आयोजना गरेका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×