काठमाडौँ - नेपालमा डेंगु सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४२ पुगेको छ। गत साउन महिनादेखि सुरु भएको डेंगु रोगको प्रकोप सातै प्रदेश अन्तरगतका ७६ जिल्लामा फैलिसकेको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म ३२ हजार १२१ जना डेंगु रोगी देखिएको विवरण प्राप्त भएको छ। मन्त्रालयले आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।