काठमाडौँ - पंकज त्रिपाठी मुख्य भूमिकामा रहेको फिल्म ‘शेरदिलः द फिलिभिट सागा’को ट्रेलर सार्वजनिक भएको छ। मानिस र जनावरबीचको द्वन्द्वको मारमा परेको एउटा गाउँको कथा बोकेको फिल्मको ट्रेलर शुक्रबार सार्वजनिक भएको हो।
भारतको उत्तर प्रदेशस्थित नेपाल-भारत सिमानामा रहेको फिदिबिट बाघ आरक्षण केन्द्र नजिकैको गाउँको कथा फिल्ममा समेटिएको छ। फिल्ममा सिर्जित मुखर्जीको लेखन तथा निर्देशन रहेको छ।
फिल्ममा पंकजसँगै निरज कवि र सयानी गुप्ताको पनि अभिनय रहेको छ। फिलमलाई भुषणकुमार र रिलाइन्स इन्टरटेनमेन्टले निर्माण गरेको हो।