तनहुँमा दुई महोत्सवको तयारी

काठमाडौँ - तनहुँ जिल्लामा एकै महिनामा दुई महोत्सवको तयारी गरिएको छ। कोभिड–१९ को प्रभावका कारण रोकिएका महोत्सव सञ्चालनको तयारी थालिएको हो । 

चैत महिनामा जिल्लाका दुई ठाउँमा दुई महोत्सव आयोजना हुँदैछन्। सदरमुकाम दमौलीमा तनहुँ उद्योग वाणिज्य सङ्घले आठौं तनहुँ महोत्सव र खैरेनीटारमा शुक्लागण्डकी नगर उद्योग वाणिज्य सङ्घले महोत्सव गर्न लागेका हुन्। तनहुँ उद्योग वाणिज्य सङ्घको आयोजनामा चैत १० गतेदेखि आठौं तनहुँ महोत्सव हुँदैछ। यसअघि पुस २९ देखि माघ १० गतेसम्म महोत्सवको मिति तोकिएको थियो । कोरोना भाइरस सङ्क्रमण जोखिम न्यूनीकरण भएसँगै महोत्सवको तयारी सुरु भएको सङ्घका अध्यक्ष पवीन्द्रकुमार श्रेष्ठले जानकारी दिए। महोत्सवको सह–आयोजकमा तनहुँ उद्योग वाणिज्य सङ्घ दमौली बजार रहेको छ। महोत्सवका लागि स्टल बुकिङसमेत खुल्ला गरिएको छ। महोत्सव व्यास नगरपालिका–३ स्थित बिपी वन बाटिकामा हुनेछ।

आर्थिक, सामाजिक विकासका साथै स्थानीय उत्पादन, कृषि, धार्मिक, सांस्कृतिक, पर्यटकीयस्थल, उद्योग, व्यापार व्यवसायको सम्भाव्यता अध्ययन गरी प्रवद्र्धन गर्ने उद्देश्यसहित महोत्सव गर्न लागिएको सङ्घले जनाएको छ। पाँच लाख दर्शकले अवलोकन गर्ने लक्ष्य राखिएको महोत्सवमा करिब रु ६ करोड बराबरको आर्थिक कारोबार हुने अनुमान छ। महोत्सवमा कूल आम्दानी रु. ८० लाख र नाफा रु १५ लाख ३५ हजार हुने अनुमान छ। महोत्सवका लागि बैंक, वित्तीय संस्था समन्वय समिति, प्रचारप्रसार, सचिवालय, आर्थिक, हस्तकला प्रवर्द्धन, लोकदोहारी व्यवस्थापन, कोसेली व्यवस्थापन, आदिवासी जनजाति समन्वय, कन्सर्ट व्यवस्थापन, रमाइलो मेला, पर्यटन प्रवर्द्धनलगायत उपसमिति गठन गरिएको छ। महोत्सवमा मादीसेती नदीमा जलविहारको व्यवस्था मिलाइने भएको छ। सेती र मादीको सङ्गमस्थल दमौलीमा जलविहारको प्रचुर सम्भावना भए पनि जलविहारले व्यापकता पाउन नसकेको भन्दै महोत्सव अवधिभर जलविहार सञ्चालन गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिए।

ग्रामीण पर्यटनको प्रचुर सम्भावना रहेको जिल्लाका ऐतिहासिक र सांस्कृतिक रूपले सम्पन्न ग्रामीण बस्तीको प्रवर्द्धनका लागि दर्शकलाई सांस्कृतिक नमूना ग्राम भ्रमण गराउने योजना छ। महोत्सव अवलोकनका लागि दर्शकलाई मानुङकोट, कुमालटारी, बोटेगाउँ, दरैगाउँलगायतका गाउँ भ्रमणको व्यवस्था मिलाइएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×