ब्रिटनी स्पियर्सको जीवनमा आधारित पुस्तक आउँदै

काठमाडौँ। हलिउड गायिका ब्रिटनी स्पियर्स यतिबेला चर्चामा छिन्। उनी शिघ्र लेखक भएर प्रस्तुत हुदैछिन्। खबरका अनुसार प्रख्यात प्रकाशक सिमोन एन्ड सुस्टरसँग एक पुस्तक प्रकाशनका लागि सम्झौता भइसकेको छ। उक्त पुस्तक  ब्रिटनीको बायोग्राफी रहेको छ जसका लागि १५ मिलियन अमेरिकी डलरको सम्झौता भएको हो।  

पुस्तकमा ब्रिटनीको जीवनका उतारचढाव देखाइनेछ। ब्रिटनी मानसिक रूपमा अस्वस्थ भएपछि सन् २००८ देखि पिता जेम्सले उनको संरक्षकत्वको जिम्मेवारी लिएका थिए। तर, उनले पितामाथि मानसिक शोषण, घरमा बन्द गरेको, पैसा आफैँले राखेको र आफ्नो विवाह तथा सन्तान जन्माउन नदिएको आरोप लगाइन् र सन् २०२१ को नोभेम्बरमा पिता जेम्सको संरक्षकत्वबाट छुटकारा पाएकी थिइन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×