भारत। बलिउड अभिनेत्री तापसी पन्नू अभिनित बायोपिक 'शाबाश मिठू'को नयाँ पोस्टर सार्वजनिक गरिएको छ। यो कुराको जानकारी तापसीले स्वयम् सामाजिक सञ्जालमार्फत दिएकी हुन्। उनले लेखेकी छिन् "उनले लाखौँ मान्छेहरुलाई प्रोत्साहित गरेकी थिइन्। त्यसमध्ये म पनि एक हुँ।" यो चलचित्र भारतीय महिला क्रिकेट टीमकी खेलाडी मिताली राजको जीवनीमा आधारित रहेको छ। यो चलचित्रको निर्देशन श्रीजीत मुखर्जीले गरिरहेका छन्।