काठमाडौँ। नयाँ नेपाली चलचित्र ‘हाम्रो स्वर्ग’ निर्माण हुने भएको छ। शोभित बस्नेतको निर्देशन रहने चलचित्रमा यार्सागुम्बा टिप्ने मान्छेहरूको कथा देखाईनेछ। निर्देशक बस्नेतका अनुसार चलचित्रमा कर्णाली प्रदेशवासीको भाषा, भेषभुषा र रहनसहन समेत देखाईनेछ।
चलचित्रको छायांकन चैत्र अन्तिम साताबाट सुरु हुने जनाईएको छ। दुई अभिनेता र दुई अभिनेत्री मुख्य भूमिकामा रहने चलचित्रको कलाकार छनौटको काम भइरहेको छ। एनएसके मिडिया नेपालको ब्यानरमा निर्माण हुन लागेको चलचित्रमा शान्ता शर्माको लगानी, नवदत्त न्यौपानेको संगीत र रामकृष्ण बुड्थापाको कथा रहनेछ। चलचित्रका सहायक निर्देशक रामजी राउत रहेका छन्।