भगवान शिवको भूमिकामा देखिदै संजय दत्त

भारत। बलिउड अभिनेता संजय दत्त ८०को दशकदेखि बलिउडमा सक्रिय रहेका छन्। समयसँगसँगै उनको माग पनि बढ्दो छ। बलिउडका निर्माता/निर्देशक संजय दत्तलाई आखा चिम्लेर विश्वास गर्छन। अब दक्षिण भारतीय चलचित्र उद्योगका निर्माता पनि उनीसँग काम गर्न इच्छुक देखिने गरेका छन्। बहुप्रतिक्षित चलचित्र 'केजीएफ २'मा उनी भयङ्कर खलनायकको भूमिकामा देखिदैछन्।

यसैबिच खबर आएको छ की संजय दत्तको हातमा एक म्युजिक भिडियोको प्रस्ताव आएको छ। भारतीय सञ्चार माध्यमका अनुसार सो म्युजिक भिडियोमा उनी भगवान शिवको भूमिकामा देखिनेछन्। खबरका अनुसार संजयले म्युजिक भिडियोका लागि सोहम शाहसँग हात मिलाईसकेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×