निरन्तर घटेको शेयर बजार यो साता कता जाला ?

काठमाडाैं । निरन्तर घटेर २७ सयको बिन्दुमा पुगेको शेयर  बजारमा  यो  साता  औसत  दैनिक  कारोबार  रकम,  औसत शेयर सङ्ख्या, औसत कारोबार सङ्ख्या र बजार पुँजीकरण पनि घटेको छ ।

अघिल्लो  साता  २९३१.३४  बिन्दुमा  बन्द  भएको  नेप्से  यो साता  ५.१६  प्रतिशत  अर्थात्  १५१.३६  अङ्क  घटेर  २७७९.९८ बिन्दुमा झरेको छ । सेन्सेटिभ इन्डेक्स पनि २५.०२ अङ्क घटेर ५१८.७२ बिन्दुमा झरेको छ ।

नेप्सेसँगै  कुल  बजार  पुँजीकरण  पनि  दुई  खर्ब  १३  अर्ब रुपियाँ  घटेको  छ ।  गत  साता  ४१  खर्ब  ४२  अर्ब  रुपियाँ  रहेको नेप्सेको  पुँजीकरण  यो  साता  दुई  खर्ब  १३  अर्ब  रुपियाँ  घटेर  ३९ खर्ब २८ अर्ब रुपैयाँमा झरेको हो ।

गत  साता  दैनिक  औसतमा  सात  अर्ब  ५६  करोड  रुपियाँ बराबरको शेयर खरिद बिक्री भएको बजारमा यो साता पाँच अर्ब ७९  करोड  रुपियाँ  बराबरको  शेयर  कारोबार  भएको  छ ।  

गत साताको  तुलनामा  यस  साताको  औसत  कारोबार  रकम  २३.४१ प्रतिशत घटेको छ भने औसत शेयर सङ्ख्या २४.८२ प्रतिशत र औसत कारोबार सङ्ख्या १८.७३ प्रतिशत घटेको छ ।

गत  साताभन्दा  यो  साता  आठ  अर्ब  ८४  करोड  ४७  लाख ९७  हजार  रुपियाँले  कमी  आएको  छ ।  

गत  साता  ३७  अर्ब  ८१ करोड  ६०  लाख  ५९  हजार  रुपियाँ  बराबरको  सात  करोड  ६५ लाख  ६०  हजार  ६२७  कित्ता  शेयर  कारोबार  भएकामा  यो  साता २८ अर्ब ९७ करोड १२ लाख ६१ हजार बराबरको पाँच करोड ७५ लाख ८६ हजार ६९२ कित्ता शेयर कारोबार भएको छ ।

गत साताभन्दा यो साता आठ अर्ब ८४ करोड ४७ लाख ९७ हजार बराबरको  एक  करोड  ८९  लाख  ७३  हजार  ९३५  कित्ता  कम शेयर कारोबार भएको हो । गोरखापत्र दैनिकमा खबर छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×