काठमाडौँ - सफल प्रशिक्षक मौरिसियो पोचेटिनोले आफू फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)मै रहन चाहेको बताएका छन्। पीएसजीका मुख्य प्रशिक्षक रहेका पोचेटिनोले आफू क्लबमै रहने बताएका हुन्।
उनले आफू शतप्रतिशत पीएसजीमा केन्द्रित रहेको भन्दै क्लब छाड्ने विषयमा कुनै सोच नरहेको प्रष्ट पारेका छन्।
पीएसजीमा पोचेटिनोको सम्झौता ३० जुन २०२३ सम्म रहेको छ। उनले भनेका छन्, “अहिलेको अवस्थामा पीएसजीको प्रशिक्षकको रुपमा रहेको छु। केही परिवर्तन भएको छैन।”
पोचेटिनो जनवरी २०२१ मा पीएसजी अाएका थिए। तर, पछिल्लो समय उनले पीएसजी छाड्ने चर्चा चलिरहेको अवस्थामा उनले आफूले क्लब नछाड्ने बताएका हुन्।