आर्थिक अपचलन मुद्दामा फिफाका पूर्वअध्यक्ष र उपाध्यक्षलाई सफाइ

काठमाडौँ - विश्व फुटबल महासंघ (फिफा)का पूर्व अध्यक्ष सेप ब्लाटर र उपाध्यक्ष मिचेल प्लाटिनी एक आर्थिक अपचलनको मुद्दामा निर्दोष ठहर भएका छन्। यी दुईलाई २ मिलियन स्वीस फ्र्यांक रकम अपचलनको मुद्दा लागेको थियो।

सन् २०११ मा अनधिकृत रुपमा ब्लाटरले प्लाटिनीलाई सो रकम दिएको दाबी गरिएको थियो। दुवैले आफूमाथि लागेको आरोपको खण्डन गर्दै आएका थिए।

प्लाटिनीले त्यतिबेला फिफाको सल्लाहकारका रुपमा गरेको कार्यका लागि ढिला भुक्तानी गरिएका कारण गलत बुझाइ भएको दावी गरिएको छ। शुक्रबार अदालतमा पुग्दै गर्दा ब्लाटरले भनेका थिए, ‘म मेरो जीवनमा निर्दोष छैन। तर,यो मुद्दामा म निर्दोष छु।’

स्वीटजरल्याण्डको बेलिनजोनास्थित आपराधिक अदालतमा ११ दिन लामो अनुसन्धान जुन २२ मा सकिएको थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×