जर्मन बुन्डेसलिग: सुरुवाती अग्रता जोगाउन नसक्दा डर्टमन्ड ब्रेमेनसँग पराजित

काठमाडौँ - जर्मन बुन्डेसलिगा फुटबलमा सुरुवाती दुई गोलको अग्रता जोगाउन नसक्दा बुरूसिया डर्टमण्ड पराजित भएको छ। शनिबार राति सम्पन्न खेलमा वेर्डेर ब्रेमेनसँग घरेलु टोली डर्टमण्डलाई ३-२ गोल अन्तरले पराजित गरेको हो।

ब्रेमेनको जितमा ली बुचानन,निक्लास र ओलिभर बुर्केले १/१ गोल गरेका थिए। डर्टमुण्डका लागि जुलियन र राफाएल गुइरेरोले गोल गरेका थिए।

खेलको ४५औं मिनेटमा जुलियनले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। ७७औं मिनेटमा राफाएलले गोल गर्दै डर्टमण्डको अग्रता २-० बनाएका थिए।

तर, ८९ औं मिनेटमा बुचाननले गोल गर्दै ब्रेमेनलाई २-१ को स्थितिमा ल्याए। खेलको इन्जुरी समयको तेस्रो मिनेटमा निक्लासले गोल गर्दै खेल २-२ को बराबरीमा ल्याएका थिए।

त्यसपछि इन्जुरी समयको पाँचौ मिनेटमा बुर्केले गोल गर्दै ब्रेमेनलाई ३-२ को जित दिलाएका थिए।

जितसँगै ३ खेलमा ५ अंक जोडेको ब्रेमेन आठौं स्थानमा रहेको छ। यता, पराजित डर्टमण्ड ६ अंक जोडेर सातौं स्थानमा रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×