सीताको वरीयता यथावत

काठमाडौँ - अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले मंगलबार महिलातर्फको टी-२० वरीयता सार्वजनिक गरेको छ। टी-२० ब्याटिङमा नेपालकी सीता रानामगरको स्थान यथावत् रहेको छ।

आइसिसीका अनुसार सीता ७०औँ स्थानमा छिन्। उनले ३ सय ४७ रेटिङ प्राप्त गरेकी छिन्। ब्याटिङतर्फ नेपालबाट उनले एक्लो खेलाडीका रूपमा वरीयता पाएकी छिन्। अस्ट्रेलियाकी वेथ मोनी शीर्ष स्थानमा छिन्। उनले सर्वाधिक ७ सय ४३ अंक पाइन्।

यसैगरी, बलिङ वरीयतामा नेपालकी कविता कुँवर पनि यथावत् छिन्। नयाँ वरीयताअनुसार उनी ९५औँ स्थानमा छिन्। कुँवरले ३ सय ६३ रेटिङ अंक पाएकी छिन्। बलिङ वरीयतामा इंग्ल्यान्डकी सोफिए शीर्ष स्थानमा छिन्। उनले सर्वाधिक ७ सय ५६ रेटिङ अंक हात पारिन्। यसपटकको वरीयतामा नेपालकी कप्तान रुविना क्षेत्रीले बलिङ तथा ब्याटिङमा वरीयता प्राप्त गर्न सकिनन्। अघिल्लोपटकको वरीयतामा उनी शीर्ष सय खेलाडीभित्र थिइन्।

आइसिसीले खेलाडीसँगै राष्ट्रको वरीयता पनि सार्वजनिक गरेको छ। नेपाल १७औँ स्थानमा रहेको छ। नेपालले १९ अन्तर्राष्ट्रिय टी-२० खेलबाट १ सय १० रेटिङ अंक हात पारेको छ। नेपालभन्दा एक स्थानमाथि तान्जानिया तथा एक स्थान तल नामिबिया रहेका छन्। अस्ट्रेलिया २ सय ९९ रेटिङ अंकका साथ शीर्ष स्थानमा रहेको छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×