‘किड्स अफ द इयर इन्टरनेशनल’ को चौथो संस्करण सुरु

काठमाडौँ - ‘किड्स अफ द इयर इन्टरनेशनल’ को चौथो संस्करण सुरु भएको छ। बालबालिकाको प्रतिभा निखार्दै उनीहरुलाई भविष्य निर्माणमा सक्षम बनाउने उदेश्यले रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले नियमित आयोजना गर्दै आएको प्रतियोगिताको पहिलो अडिसन समेत सम्पन्न भएको छ।

बनेपास्थित लिटिल स्टार फन पार्कमा आयोजित ‘किड्स अफ द इयर इन्टरनेशनल २०२२’ को पहिलो अडिसनबाट ४० प्रतियोगी छनौट भएका छन्। अडिसनमा एकसय बढी बालबालिकाको सहभागिता रहेको थियो। प्रतियोगिताको अर्काे अडिसन छिट्टै आयोजना हुने आयोजकले जनाएको छ। अन्तर्राष्ट्रिय फेसन कोच राज फैजु, अन्तर्राष्ट्रिय फेसन डिजाइनर श्रीषा बैदार र चर्चित अभिनेत्री संञ्चिता लुइटेल अडिसनको निर्णायकमा थिए।

७ वर्षदेखि १३ वर्षसम्मका विद्यालय अध्ययनरत बालबालिकाको सहभागित रहने प्रतियोगिताको दोस्रो अडिसनपछि छानिएका सबै प्रतियोगी विभिन्न प्रशिक्षणमा जुट्ने छन्। शो क्रममा उनीहरुलाई विभिन्न विधामा अन्तराष्ट्रिय मापदण्ड अनुसार अन्तराष्ट्रिय प्रतियोगिताका लागि तयार गरिनेछ।

अन्तर्राष्ट्रिय फेसन कोच राज फैजुको कोरियोग्राफी रहने प्रतियोगितामा श्रीषा बैदार फैजुले प्रतियोगीका ड्रेस डिजाइन तयार गर्नेछिन्।

विजेताहरुले उपाधिका साथमा विभिन्न गिफ्ट समेत प्राप्त गर्नेछन्। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×