नेयमार सवार विमान आपत्कालीन अवतरण

काठमाडौँ - पेरिस सेन्ट जर्मेनका स्टार नेयमार सवार निजी विमान ब्राजिलमा आपत्कालीन अवतरण गर्न बाध्य बनेको छ।  यद्यपि नेयमार भने सकूशल रहेका छन्। छुट्टी मनाएर फर्किने क्रममा प्राविधिक समस्या देखिएपछि विमानलाई आपत्कालीन अवतरण गराइएको गोल डटकमले जनाएको छ।

मिडिया रिपोर्टका अनुसार विमान बारबाडोसबाट साउपाउलो जाने क्रममा विमानको विन्डसिल्डमा समस्या देखिएको थियो। जसले गर्दा विमानलाई भेनेजुएलासँगको सीमा नजिकै रहेको बोआ भिस्टामा अवतरण गर्नु परेको थियो। विमानमा देखिएको समस्या ठीक गर्न दुई घण्टा समय लागेको थियो। नेयमार आफ्नो बहिनी रफेला सान्तोस र पार्टनर ब्रुना बियानकार्डीसँग छुट्टी मनाइरहेका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×