काठमाडौँ - लोकप्रिय गायक शिव परियारको नयाँ गीत सार्वजनिक भएको छ। शिव परियारको स्वर रहेको ‘कुरो दामी हो...’ बोलको उक्त गीतमा राजेन्द्र थापाको शब्द रहेको छ भने संगीतकार दीपक शिलवालले संगीत भरेका छन्।
गायक परियारलाई यस गीतको कोरस भोकलमा आरसी रिमाल र भूषण खतिवडाले साथ दिएका छन्। क्या दामी भो – २ को रुपमा यस गीतलाई ल्यइएको छ। रक्सी सेवनले स्वास्थ्यमा पार्ने असर र त्यसले सिर्जना गर्ने अन्य विभिद समस्या गीतमा उल्लेख गरिएको छ। प्रियाना आचार्य र अरुण क्षेत्रीको मुख्य अभिनय रहेको यस गीतको भिडियो निर्देशन शान थापाले गरेका हुन्।
हेर्नुहोस् गीत