सरकारले विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकार दिन र अन्तरजिल्ला मतदानको व्यवस्था गर्न चार वटा विद्यमान ऐन संशोधनको प्रक्रिया अघि बढाएको छ। गृहमन्त्रालयका सहसचिव आनन्द काफ्लेका अनुसार सर्वोच्च अदालतको फैसलासहित आएका सुझावका आधारमा निर्वाचन ऐन २०७३ र मतदाता नामावली ऐनमा आवश्यक संशोधन गरिएको छ। संशोधन प्रस्तावमा मतपत्रमा ‘कसैलाई पनि समर्थन नगर्ने’ विकल्प समावेश गर्ने तथा अन्तरजिल्लाबाट समानुपातिक, प्रत्यक्ष वा दुवै तर्फ मतदान गर्न सक्ने व्यवस्था राखिएको छ। साथै, आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि सुरक्षा योजना तर्जुमा गरी कार्यान्वयन चरणमा रहेको जनाइएको छ।