पाकिस्तानविरुद्वकाे मैत्रीपूर्ण खेलका लागि प्रवेश कुटवाल प्रशिक्षकमा नियुक्त

काठमाडौँ - अखिल नेपाल फुटबल संघ (एन्फा) ले पाकिस्तानविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि प्रवेश कटुवाललाई  मुख्य प्रशिक्षक नियुक्त गरेको छ। एन्फाले मंगलबार मैत्रीपूर्णका लागि कटुवाललाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिइएको जनाएको हाे।

एन्फाका अध्यक्ष पंकज विक्रम नेम्वाङले कटुवाललाई नियुक्ति पत्र दिएका हुन्। उनले मछिन्द्र फुटबल क्लबलाई ए डिभिजन लिगको उपाधि दिलाएका छन्। नेपालले १६ नोभेम्बर ( कात्तिक ३०) मा पाकिस्तानसँग दशरथ रंगशालामा १ मैत्रीपूर्ण खेल खेल्नेछ। खेल साँझ ५ बजे सुरू हुनेछ।

अब्दुल्लाह अलमुताइरीले राजीनामा दिएपछि नेपाली टाेली मुख्य प्रशिक्षक विहीन रहेको छ। यसअघि अघिल्लाे महिना भएकाे बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा प्रदिप हुमागाईंले नेपाली टाेली सम्हालेका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×