काठमाडौँ - डच च्याम्पियन आयाक्सले स्टेभन बर्गविनलाई प्रिमियर लिट क्लब टोटनह्यामबाट २६.४ मिलियन पाउण्डमा अनुबन्ध गरेको छ।
नेदरल्याण्ड्स राष्ट्रिय टोलीका २४ वर्षीय विंगर स्टेभनले यसअघि युवा स्तरमा आयाक्सका लागि खेलिसकेका छन्। उनले क्लबसँग पाँच वर्षको लागि सम्झौता गरेका हुन्।
सन् २०२० मा नेदरल्याण्ड्सकै पीएसभी इन्डहोभेनबाट इंग्ल्याण्ड आएका स्टेभनले टोटनह्यामका लागि ८१ खेलमा ८ गोल गरेका छन्।
‘स्टेभनले आफ्नै रोजाईमा आयाक्स फर्किने निर्णय लिएका हुन्।' ‘उनी एक बहुप्रतिभाशाली खेलाडी हुन्।’ मुख्य प्रशिक्षक अल्फ्रेट सेडरले भने।