रियाल म्याड्रिडका भाल्भेर्डेलाई उरुग्वेको वर्ष खेलाडीको अवार्ड

काठमाडौँ - स्पेनिस क्लब रियाल म्याड्रिडका मिडफिल्डर फेडरिको भाल्भेर्डेले उरुग्वेको वर्ष खेलाडीको अवार्ड जितेका छन्। उनले उरुग्वेको सबैभन्दा प्रतिष्ठित र पुरानो चाररुआ डे ओरो एथलिट अफ दि इयर अवार्ड जितेका हुन्।

यो ४९औं अवार्ड हो। २४ वर्षीय भाल्भेर्डेले गत सिजनदेखि रियालमा लगातार उच्च प्रदर्शन गरिरहेका छन्। उनकै उच्च प्रदर्शनमा रियालले गत सिजन च्याम्पियन्स लिग र स्पेनिस ला लिगाको उपाधि जित्न सफल भएको थियो।

च्याम्पियन्स लिगको फाइनलमा भोल्भेर्डेकै पासमा भिनिसियस जुनियरले गोल गर्दै रियाललाई कीर्तिमानी १४औं च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएका थिए।

यो सिजन पनि भाल्भेर्डेले सबै रियालका लागि यो सिजन सबै ९ खेल खेल्दा ४ गोल र २ असिस्ट दिइसकेका छन्। रियालका लागि उनले ५ सिजनमा १५७ खेलमा १० गोल गरेका छन्। सन् २०१७ देखि उरुग्वेको राष्ट्रिय टोलीमा रहेका भाल्भेर्डेले ४२ खेलमा ४ गोल गरेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×