अन्तर्राष्ट्रिय रोबोट प्रतियोगितामा नेपाल तेस्रो

काठमाडौँ - अन्तर्राष्ट्रिय रोबोट प्रतियोगितामा तेस्रो स्थान प्राप्त गरेको खुशियालीमा इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसस्थित रोबोटिक क्लबले बिहीबार विशेष समारोहमा आफ्नो २ दशकको यात्राबारे जानकारी दिएको छ।

रोबोटिक क्लबले भारतको ‘ए’ टिम, भारतको ‘बी’ टिम, जापान, थाइल्यान्ड, चीनलगायत देशलाई पछाडि पार्दै रोवोकोन २०२२ मा तेस्रो स्थान हासिल गरेको हो। यो सँगै ‘नागासे अवार्ड’समेत नेपालले प्राप्त गरेको छ।

क्लबका प्रशिक्षक रमेश चौधरीको अनुसार गत आइतबार भएको १२ राष्ट्रका १३ टोलीले भाग लिएको रोबोट प्रतियोगितामा नेपाल हङकङसँग मात्र पराजित भएको थियो। नम्बरको आधारमा यो प्रतियोगितामा हङकङ पहिलो स्थान प्राप्त गरेको हो।

क्लबले सन् २००२ देखि अन्तर्राष्ट्रिय रोबोट प्रतियोगितामा कुनै न कुनै पुरस्कार प्राप्त गर्दै आएको प्रशिक्षक चौधरीले बताएका छन्। एशिया प्यासिफिक ब्रोडकास्टिङ युनियन (एवीयु)ले सन् २००० देखि बर्सेनि विभिन्न देशहरूमा विश्वविद्यालयस्तरीय रोबोट प्रतियोगिता आयोजना गर्दै आएको छ।

सन् २००१ देखि निरन्तर रोबोटिक क्लब ‘एवीयु रोवोकोन’मा सहभागी हुँदै आएको छ।


 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×