भारत। बलिउड कलाकार रमेश देवको निधन भएको छ। उनले अमिताभ बच्चन, राजेश खन्ना आदि कलाकारहरुसँग पर्दा सेयर गरेका छन्। उनको ९३ वर्षको उमेरमा गएराति मृत्यु भएको हो। भारतीय सञ्चार माध्यमले यो कुराको जानकारी दिएका हुन्। मुम्बईको धीरुभाइ अस्पतालमा उनको निधन भएको हो।
रमेश देवकी श्रीमती सीमा पनि अभिनेत्री हुन्। उनका छोराहरु अजिन्क्य र अभिनय पनि बलिउडसँग जोडिएका छन्।उनले चलचित्र ‘आरती’ बाट बलिउड यात्रा सुरु गरेका थिए। त्यसपछी उनले सरस्वती चन्द्र, आनन्द, आपकी कसम, मेरे सपने, तीन बहुरानियाँ, पतीता जस्ता चलचित्रमा अभिनय गरेका थिए। चार दिन अघि उनले ९३ औं जन्मदिन मनाएका थिए।