जुम्ला - हिमा गाउँपालिका–१ बड्की बस्ने ७३ वर्षीय मिम बहादुर शाही सोही ठाउँस्थित भिरमा बुधबार मृत अवस्थामा फेला परेका छन् ।
घर नजिकैको वनमा गाई चराउन गएका उनी साँझसम्म घर नफर्किए पछि खोजी गर्ने क्रममा शव फेला परेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।