गायक मानव तिम्सिनाको स्वरमा ‘तिमीलाई’ बोलको गीत सार्वजनिक

काठमाडौँ - कोरियोग्राफर जेडी तमु र रक्षा थापा अभिनित ‘तिमीलाई’ बोलको गीत सार्वजनिक भएको छ।

गायक मानव तिम्सिनाको आवाज रहेको गीतमा जेडी र रक्षासँगै रुपेश लामा, कवि राई, मणि के राई, एलिजा तुम्बापो, नविनचन्द्र अर्याल, रमिता राई, प्रतिना राई, विश्वास मानन्धर, शौरभ कार्की र समिर राईलगायतको अभिनय रहेको छ।

गायक तिम्सिनाकै शब्द तथा संगीतमा तयार भएको गीतलाई देवेश राईले एरेञ्ज गरेका हुन्। अनिल सुब्बाको कथा र निर्देशनमा तयार भएको म्युजिक भिडियो भरत राईको परिकल्पनामा तयार भएको हो।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×