काठमाडौँ - बलिउड अभिनेता रणवीर कपुर र आलिया भट्टको विवाह निश्चित भएको छ। उनीहरुको विवाहको मिति समेत तोकिइसकेको छ।
भारतीय संचारमाध्यमहरुले दिएको जानकारी अनुसार उनीहरु यही अप्रिलको दोस्रो साता विवाहवन्धनमा गासिँदै छन्। लामो समय देखिको रणवीर र आलियाको प्रेमसम्बन्ध अब भने विवाहमा परिवर्तन हुन लागेको हो। यद्यपि बिवाहको पक्का मिति भने स्पष्ट पारिएको छैन।
१७ अप्रिलमा रणवीर र आलियाको विवाह हुने भनिएता पनि केही दिन अघिपछि हुन सक्ने बताइएको छ। आलियाका मामा घरका हजुरबुबा निकै बिरामी रहेको र उनले आफ्नी नातिनी आलिया र रणविरबीच बिहे भएको हेर्न चाहेको कारण पनि तोकिएकै मितिमा विवाह नभइ केहिदिन अघिपछि हुनसक्ने बताइएको हो।