गायक कमल खत्री र गायिका मेलिना मैनाली विवाह बन्धनमा बाँधिए

काठमाडौँ - गायक कमल खत्री र गायिका मेलिना मैनालीले विवाह गरेका छन्। फुलपातीको अवसर पारेर आइतबार दुवै पक्षको घर परिवारको उपस्थितिमा सामान्य तरिकाले विवाह गरेको गायक खत्रीले फेसबुकमार्फत् भनेका छन्।

उनले लेखेका छन् , ‘केहि हप्ता पहिले ईङ्गेजमेन्ट गरेका हामी दुबैजना आजबाट वैवाहिक बन्धनमा बाधिएका छौँ। घर परिवारको उपस्थितिमा मात्र सामान्य तरिकाले हामीले विवाह गरेका हौँ, बिहेमा लाग्ने खर्च गरिब असहायलाई सहयोग गर्ने भनेर हामीले हाम्रो वैवाहिक जीवनको सुरूवात गरेका छौँ। जिवनको हरेक उतारचढावमा सदैव एकअर्काको साथमा रहने बाचा गर्दै हामीले रितिरिवाज अनुसार विवाह गरेका छौ। र सबैमा विजया दशमी शुभकामना।’

विवाहको भिडियो र तस्बिर सामाजिक सञ्जालमा पोष्ट गरेरै उनीहरुले आफ्नो सम्बन्धबारे सार्वजनिक गरेका छन्। कमल र मेलिनाले केही साताअघि मात्रै इन्गेजमेन्ट गरेका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×