लुइस सुआरेज आफ्नो करिअरको पहिलो क्लब नासिओनल फर्किने

काठमाडौँ - पूर्व बार्सिलोना स्टार लुइस सुआरेज आफ्नो करिअरको पहिलो क्लब नासिओनल फर्किने भएका छन्। उनले उरुग्वेस्थित क्लबमा पुनः फर्किन प्रारम्भिक सम्झौता गरेको बताएका हुन्।

३५ वर्षीय सुआरेजको एट्लेटिको म्याड्रिडसँगको सम्झौता यही समरमा सकिएसँगै फ्रि एजेन्टका रूपमा रहेका छन्। उनी आगामी विश्वकपअघिसम्ममा क्लबमा फर्किने विश्वास लिएको छ।

सुआरेजले नासियोनेल बाटै १८ वर्षको उमेरमा २००५ मा​ करिअरको व्यावसायिक डेब्यु गरेका थिए। उनले आफ्नो प्रारम्भिक सिजनमानै क्लबलाई उरुग्वेको लिगको उपाधि दिलाएका थिए। 

सुआरेज क्लबमा युथ टिममा १४ वर्षको उमेरमा नै सहभागी थिए। १९ वर्षको उमेरमा उनी क्लब छाडेर युरोप लागेका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×