दक्षिण कोरियाली राष्ट्रपतिद्वारा नयाँ प्रधानमन्त्री नियुक्त

एजेन्सी - दक्षिण कोरियाका नवनिर्वाचित राष्ट्रपति युन सुक योलले शनिबार नयाँ प्रधानमन्त्री नियुक्त गरेका छन् । 

उनले पूर्व प्रधानमन्त्री समेत रहेका हान डक सुलाई प्रधानमन्त्रीमा नियुक्त गरेका अधिकारीहरूले जानकारी दिएका छन् ।  

उनले आफूले भने यही मे १० मा सपथ लिएका थिए । नवनियुक्त प्रधानमन्त्री सु यसअघि सन् २००७ देखि २००८ सम्म पनि प्रधानमन्त्री भएका थिए । 

उनले सन् २००९ देखि २०१३ सम्म अमेरिकाका लागि दक्षिण कोरियाको राजदूत भएर काम गरेका थिए । 

त्यसैगरी सन् २०१२ देखि २०१५ सम्म उनले कोरिया अन्तर्राष्ट्रिय व्यापार संघको अध्यक्षको रुपमा पनि उनले काम गरेका थिए । 

प्रधानमन्त्री सुको जन्म ७२ वर्ष अगाडि दक्षिण कोरियाकै जेओन्जु सीमा भएको हो ।  
   

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×