काठमाठौँ - अभिनेता अल्लू अर्जुन र अभिनेत्री रश्मिका मन्दानाको फिल्म ‘पुष्पा’ को सफलतापछि लेखक तथा निर्देशक सुकुमार फिल्मको सिक्वेललाई अझ हिट बनाउनका लागि प्रतिबद्ध भएर लागेका छन्।
सुकुमार तेलुगु फिल्ममा लोकतान्त्रिक फिल्म निर्माण गर्ने निर्माताका रूपमा चिनिन्छन्। त्यहीकारण उनले तेलुगु मात्र होइन, भारतका अन्य फिल्म उद्योगका युवाहरूलाई ‘पुष्पा २-द रुल’मा आबद्ध गराउने निर्णय लिएका छन्। उनले भारतभरका युवा लेखकबाट ‘पुष्पा-२’का लागि सिन्स, एपिसोड निर्माण गर्न सहयोगको आव्हान गर्ने योजनामा छन्। उनले युवाहरूको फाइनल ड्राफ्ट आफूलाई मन परेमा त्यसको उचित पारिश्रमिक पनि दिने बताएका छन्।
‘यो एक अनौठो कथा हो र पटकथालाई उत्कृष्ट बनाउनका लागि मैले सटिक तरिका अपनाएको हुँ। जसकारण नयाँ लेखकसँग काम गर्ने अवसर पनि पाइन्छ। उनीहरुलाई राम्रो पारिश्रमिक दिने व्यवस्था गरेको छु’, उनले भनेका छन्।
सन् २०२१ डिसेम्बर १७ मा रिलिज फिल्म ‘पुष्पा’ले बक्स अफिसमा १ सय ८ दशमलव २६ करोडको कमाइ गरेको थियो।