ट्रम्पले आगामी अमेरिकी राष्ट्रपति चुनावमा उम्मेदवारी दिन सक्ने

काठमाडौँ - पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले फेरि राष्ट्रपतिको उम्मेदवारी दिनसक्ने बताएका छन्। यद्यपि यस सम्बन्धमा अहिलेसम्म कुनै आधिकारिक घोषणा भने भइसकेको छैन। "सत्य यो हो कि म दुई पटक राष्ट्रपतिको दौडमा भाग लिएँ, मैले दुई पटक जितें, मैले पहिलो पटक भन्दा दोस्रो पटक धेरै राम्रो गरें। र अब हामीले यो दौडमा फेरि भाग लिनुपर्ने हुन सक्छ।" उनले भने।

"के यहाँ कोही छ जसले मलाई निर्वाचनमा भाग लिएको हेर्न चाहन्छ?", सेल्मा, उत्तरी क्यारोलिनामा शनिबारको र्‍यालीमा ट्रम्पले आफ्ना समर्थकहरूलाई प्रतिप्रश्न गरे। ट्रम्पले अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनलाई "एकपछि अर्को अपमानजनक आत्मसमर्पण" गरेको आरोप लगाएका छन्। ट्रम्पले अमेरिकासँग सबैभन्दा बलियो आणविक क्षमता भएको पनि औंल्याए।

मार्चको अन्त्यमा ट्रम्पले फक्स बिजनेशलाई भनेका थिए यदि उनी अहिले पनि राष्ट्रपति भइरहेको भए रुसलाई आणविक पनडुब्बीको धम्की दिने थिए। यस महिनाको शुरुमा द हिलले रिपोर्ट गरेको पोल डाटाले ट्रम्प सन् २०२४ को काल्पनिक राष्ट्रपति अभियान म्याचअपमा राष्ट्रपति बाइडेन र उपराष्ट्रपति कमला ह्यारिस दुबै भन्दा अगाडि भएको देखाएको थियो।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×