एटलेटिको म्याड्रिड छाेड्दै सुआरेज

काठमाडौँ - स्पेनिस क्लब एटलेटिको म्याड्रिडका उरुग्वेली फरवार्ड लुइस सुआरेजले सिजनको अन्त्यसँगै क्लब छाड्ने पक्का भएको छ। क्लबले आइतबार सेभिल्लाविरुद्ध भएको खेलअघि सुआरेजले क्लब छाड्ने घोषणा गरेको हाे।

क्लबले समर्थकबाट राम्रो बिदाइ होस् भन्दै सिजन समाप्त हुनुअघि नै घोषणा गरेको जनाएको छ। सुआरेजसँगै मेक्सिकन मिडफिल्डर हेक्टर हरेराले पनि क्लब छाड्ने भएका छन्।

सुआरेज गत सिजनको सुरुवातमा बार्सिलोनाबाट आएका थिए। बार्सिलोनाले उनको आवश्यकता नरहेको बताएपछि सुआरेजले एटलेटिको म्याड्रिडलाई आफ्नो गन्तव्य बनाएका थिए। सुआरेजकै उच्च प्रदर्शनमा एटलेटिकोले बार्सिलोना र रियल म्याड्रिडलाई पछि पार्दै लिग उपाधि जितेको थियो। उनले गत सिजन २१ गोल गर्दै उपाधि दिलाएका थिए।

यस सिजन सुआरेजले ११ गोल र २ असिस्ट प्रदान गरेका थिए। उनी अब कुन क्लब जान्छन् याे पक्का भइसकेको छैन।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×