प्लेयर टू वाच : क्रिस्टियन एरिक्सन, डेनमार्क

काठमाडौँ - गत जुनमा पाँच मिनेटका लागि ३० वर्षीय मिडफिल्डर क्रिस्टियन एरिक्सन, उनकै शब्दमा भन्दा, ‘यो संसारबाट बिदा’ भइसकेका थिए। त्यो समयमा उनी बाँच्नु नै ठुलो कुरा थियो, पुनः मैदानमा फर्कने कुरा त कसैले नसोचेको कुरा थियो।

यसका बाबजुद सो घटनाको ९ महिनापछि नै एरिक्सन प्रिमियर लिगमा खेल्दै थिए। अनि गत मार्चमा, हृदयघात भएको २८७ दिनपछि, उनले डेनमार्कको राष्ट्रिय टोलीमा कमब्याक गरे र मैदान प्रवेश गरेको २ मिनेटभित्र गोल गरेका थिए। अहिले उनी ब्रेन्टफोर्डबाट प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड पुगेका छन्। उनले फुटबलको किताबमा नयाँ दन्त्य कथा लेख्दैछन्। कतार विश्वकप उक्त कथाको नयाँ अध्याय हुनसक्छ।

गत विश्वकपअघि तत्कालीन प्रशिक्षक एज हराइडेले एरिक्सनलाई विश्वको शीर्ष १० खेलाडीमध्ये भएको बताएका थिए। उनको भिजन, पासको रेन्ज र सेटपिसमा उनको क्षमताले उनलाई अहिले पनि डेनमार्क प्रमुख प्लेमेकर बनाएको छ। ३८ गोलसँगै उनी हालको डेनमार्कको टोलीको सर्वाधिक गोलकर्ता पनि हुन् भने डेनमार्कको सर्वकालिन गोलकर्ताको सूचीमा उनी शीर्ष ५ स्थानमा रहेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×