काठमाडौँ- स्पेनिस ला लिगा अन्तर्गत आज बिहान सम्पन्न खेलमा घरेलु टाेली सेभियाले इल्चेमाथि २-० काे सहज जित हात पारेकाे छ। रोमन सान्चेज पिजुवानमा सेभियालाई जित दिलाउन एलेसान्द्रो गोमेज र राफा मिरले एक-एक गोल गरे।
खेलकाे ७० औँ मिनेटमा गाेमेजकाे गाेलमार्फत् सेभियाले अग्रता लिएकाे थियाे । ७५ औँ मिनेटमा मिरले गाेल गर्दै टाेलीलाई २-० काे सहज जित दिलाए।जितसँगै २४ खेलमा ५० अंक जाेडेकाे सेभिया दोस्रो स्थानमा कायम रहँदा पराजित इल्चे समान खेलबाट २६ अंकका साथ १४ औँ स्थानमा छ।