नेपाली महिला टाेली फिफा वरीयतामा १ स्थान तल झर्‍याे

काठमाडौँ - नेपाली महिला फुटबल टाेली फिफा वरीयतामा एक स्थान तल झरेकाे छ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज शुक्रवार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एक स्थान तल झरेको हो। नयाँ वरीयतामा नेपाल १ सय २ औँ स्थानमा रहेको छ। अघिल्लो पटकको वरीयतामा नेपाल १ सय १ औँ स्थानमा रहेको थियो। एसियाली राष्ट्रको वरीयतामा भने नेपाल २१ औँ स्थानमा रहेको छ।

यस्तै दक्षिण एसियाली राष्ट्रको वरीयतामा नेपाल दोस्रो स्थानमा रहेको छ। नेपालभन्दा अघि रहेको भारत ५८ औँ स्थानमा रहेको छ। विश्व वरीयतामा अमेरिका शीर्ष स्थानमा यथावत् रहेको छ। यस्तै जर्मनी दोस्रो स्थानमा रहँदा स्विडेन तेस्रो स्थानमा झरेको छ। इङ्ग्ल्यान्ड चौथो र फ्रान्स पाँचौँ स्थानमा रहेको छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×