लालझाडी गाउँपालिका ६ मा नेपाली कांग्रेसको प्यानल नै विजयी

महेन्द्रनगर – कञ्चनपुरको लालझाडी गाउँपालिकाको वडा नम्बर ६ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ।

उक्त वडामा माओवादी केन्द्रका फूलाराम चौधरीलाई ११५ मतको अन्तरले पराजित गर्दै कांग्रेसका हर्क नारायण जोशी वडाध्यक्षमा विजयी भएका छन्। जोशीले ४६४ मत र माओवादी केन्द्रका चौधरीले ३४१ मत ल्याए। एमालेका उम्मेदवार जितबहादुर चौधरीले २६६ मत ल्याए।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×