चोटका कारण मैदानबाहिर रहेका बेन्जेमा प्रशिक्षणमा फर्किए

काठमाडौँ - लामो समय चोटका कारण मैदानबाहिर रहेका फ्रेन्च स्ट्राइकर बुधबार रियाल मड्रिडको प्रशिक्षणमा फर्किएका छन्। अन्तर्राष्ट्रिय ब्रेकपछि फर्किएका खेलाडीहरूसँग बेन्जेमाले बुधबार प्रशिक्षण गरेका हुन्। यो सिजन रियालले ला लिगामा शत प्रतिशत नतिजा कायम राखेको छ।

युवा खेलाडीहरू एडुवार्डो कामाभिङ्गा, आउरेलियन टुचेमानी र फेडेरिको भालभर्डेले उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। त्यसमाथि बेन्जेमाको पुनरागमनले टोलीलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ।

फ्रान्सका स्टार खेलाडीले ठुला अवसरहरूमा सशक्त प्रदर्शन गर्दै आएका छन्। रियालले आगामी अक्टोबर १६ मा बार्सिलोनाविरुद्ध क्लासिकोमा प्रतिस्पर्धा गर्दैछ। अर्को हप्ता साख्तार डोनेस्कविरुद्ध च्याम्पियन्स लिगको खेलमा उनी मैदानमा फर्कन सक्ने आशा गरिएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×