गायक सुरेन गौतमको ‘बा आकाश हुन्’ गीत सार्वजनिक

काठमाडौँ - बुबाको मुख हेर्ने दिनको छेको पारेर गायक सुरेन गौतमले ‘बा आकाश हुन्’ गीत सार्वजनिक गरेका छन्। समस्त बुबाहरुलाई समर्पित गरिएको गीतलाई तुलसी बस्नेतले लेखेका हुन्।

गीतमा सन्देश श्रेष्ठको संगीत र दिनेश श्रेष्ठको एरेन्ज रहेको छ। गीतको भिडियोलाई सुरज केसीले खिचेका छन् भन् विष्णुहरि तिमिल्सिनाको सम्पादन रहेको छ। गायक गौतमले यसअघि पनि रेशमी पर्दाले छेकेन, छेक्यो डाँडा कुहिरोले, आमाको अर्थ, पिरती लरि लै, सधैं सधैं लगायत गीत रिलिज गरिसकेका छन्।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×