'एमसिसी सम्झाैता आजैको दोस्रो बैठकले अनुमाेदन गर्नेछ'

काठमाडौँ - सत्ता गठबन्धनको आज आइतबार बसेको बैठकले मिलिनियम च्यालेन्ज कर्पोरेसनसँगको अनुदान सम्झौता (एमसीसी) यथासक्य आजै पारित गर्ने निर्णयको गरेको छ।

आज आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धन बैठकले आजै एमसिसी पारित गर्ने निर्णय गरेको हो। बैठकपछि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भनेका छन्, 'आजैको दोस्रो बैठकले एमसिसी पारित गर्छ।' वि.सं. २०७६ असार ३० गते प्रतिनिधिसभामा दर्ता भएको सो सम्झौता गत फागुन ८ गते प्रतिनिधिसभामा टेबल भएको थियो। तर, पास गर्नका लागि स्पष्ट बहुमत जुट्न नसक्दा त्यसयता अन्योल बढेको थियो। तर, सत्ता गठबन्धनआबद्ध दलहरू सम्झौतामा उल्लिखित केही बुँदाहरूमाथि व्याख्यात्मक टिप्पणीसहित एमसिसी परियोजना पारित गर्न सहमति जुटाएका हुन्। सहमति बनिरहेको खण्डमा आजै बस्ने दोस्रो बैठकले एमसिसी पारित गर्न लागेको वरिष्ठ नेता पौडेलको भनाइ छ। 

प्रतिनिधिसभाको आजको बैठक दिउँसो १ बजेका लागि तय गरिएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×