बिश्रोईका कारण बढेको सलमानको त्रास

काठमाडौँ - हरेक वर्ष झैँ यो वर्ष पनि ईद पर्व धुमधामका साथ मनाइएको छ। यो विशेष मौकामा बलिउडका अभिनेताहरुले पनि आफ्ना प्रशंसकहरुसंग ईदको बधाई आदन प्रदान गरेका छन्।

सधैं झैँ यो वर्ष पनि अभिनेता शाहरुख खान प्रशंसकलाई ईदको वधाई दिन मन्नतको बरण्डामा आए। यसपटक उनीसंग छोरा अबराम पनि देखिएका थिए। शाहरुखको एक झलक हेर्नका लागि लाखौँ मानिस उनको घर अगाडि उपस्थिति रहेको  थियो।

तर ईदको मौकामा यो पटक प्रशंसकले सलमान खानको झलक भने पाउन सकेनन्। हरेक वर्ष सलमानले आफ्नो घर ग्यालेक्सीको कौशीबाट प्रसंसकलाई वधाई दिने गर्थे, तर यो पटक उनी बाहिर निस्किएन्। सुरक्षाका कारण यो पटक सलमानले प्रशंसकलाई हात हल्लाएर अभिवादन गरेनन्।

ग्याङस्टर लरेन्स बिश्नोईले ज्यान मार्ने धम्कि दिएकाले सलमानले सुरक्षाका कारण यस प्रकारको निर्णय गरेको भारतीय सञ्चार माध्यमहरुको दावी गरेका छन्। अहिले सलमान सार्वजनिक हुन चाहिरहेका छैनन्। अहिले सलमानको अपार्टमेन्ट नजिक १० जना विशेष फोर्सका अधिकृतहरुलाई तैनाथ गरिएको छ। यसबाहेक सलमान कुनै फिल्म अथवा विज्ञापनको छायांकनमा सहभागि हुँदा पनि ती फोर्स अधिकृत सलमानसंगै रहन्छन्।

यो पटक सलमान खानले सामाजिक सञ्जालमार्फत सबैलाई ईदको शुभकामना लेख्दै आफ्ना प्रशंसकलाई बधाई दिएका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×