काठमाडौँ। एक प्रशंसकले बलिउड अभिनेता कार्तिक आर्यनलाई आफूसँग विवाह गरे २० करोड रुपैयाँ दिने बताएकी छिन्। कार्तिकले पनि सामाजिक सञ्जालमार्फत यसको रमाइलो जवाफ दिएका छन्। कार्तिकले सामाजिक सञ्जालमा एक भिडियो राखेका छन्, जसको कमेन्टमा ति युवतीले आफूसँग बिहे गरे २० करोड भारु दिने लेखेकी छिन्।
अहिले कार्तिकको सो भिडियो र ती युवतीले गरेको कमेन्टले सामाजिक सञ्जालमा चर्चा बटुलिरहेको छ। उक्त भिडियोमा एक सानी बालिकाले कार्तिकको गत वर्ष प्रदर्शनमा आएको चलचित्र ‘धमाका’ को संवाद बोलेकी छिन्। भिडियोको क्याप्सनमा कार्तिकले 'क्युट अर्जुन पाठक' लेखेका छन्।
अहिले कार्तिक आफ्नो आउँदो चलचित्र ‘शहजादा’ को शूटिंग गरिरहेका छन्। ‘शहजादा’ अल्लु अर्जुनको तमिल चलचित्र ‘अला वैकुन्ठपुरमुलु’को हिन्दी रिमेक हो।