काठमाडौँ - दक्षिण भारतीय चर्चित अभिनेत्री हन्सिका मोत्वानीले विवाह गरेकी छिन्। व्यवसायी शोहेल कथुरियासँग हन्सिकाले हिजो विवाह गरेकी हुन्।
महिनौँ लामो अफेयरको हल्लापछि हन्सिका र शोहेलबीच विवाह भएको हो। विवाह जयपुरको मुन्दोता किल्लामा भएको हो। 'शाका लाका बुम बुम' नामक बाल टेलिशृङ्खलाबाट करियर सुरु गरेकी हन्सिका 'कोइ मिल गया' नामको चर्चित फिल्ममा बालकलाकारको रूपमा देखापरेकी थिइन्।
उनी लामो समययता भने दक्षिण भारतीय चलचित्रमा नायिकाको रूपमा देखापर्दै आएकी छिन्।