झण्डै १७ लाख भक्तजनले गरे पशुपतिनाथ मन्दिरको दर्शन

काठमाडौँ - हिजो  शिवरात्रिको दिन झण्डै १७ लाख भक्तजनले पशुपतिनाथ मन्दिरको दर्शन गरेका अनुमान् गरिएको छ। हिजो बिहान तीन बजेदेखि राति अबेरसम्म पशुपतिमा भक्तजनको भीड लागेको थियो।

यस वर्ष मन्दिर दर्शनको लागि सहज भएको भक्तजनले प्रतिक्रिया दिएका छन्। मेला व्यवस्थापनका लागि पाँच हजार स्वयम्सेवक खटाइएको थियो। पशुपतिमा आज पनि शिवरात्रिसँगै जोडिएका विभिन्न पूजा हुनेछन्। 

यस्तै, पशुपति क्षेत्रमा आज बिहानैदेखि सरसफाइको काम सुरु भएको छ। शिवरात्रिका लागि राखिएका सरसजावटका सामग्री व्यवस्थापन तथा सरसफाईको काम शुरु गरिएको छ। पशुपति क्षेत्रमा फूल–माला तथा बत्तीले सजाइएको छ। यस्तै स्वागतद्वार लगायत अरु अस्थायी संचरनाहरु पनि बनाइएका छन्। यो वर्ष शिवरात्रिको अवसरमा पशुपति क्षेत्र निकै झकिझकाउ बनाइएको थियो।

यसैबीच, शिवरात्रिका लागि पशुपति आएका साधुसन्तको बिदाइको तयारी पनि थालिएको छ। भोलि बेलुका वा पर्सि बिहानसम्म उनिहरुको बिदाइ गर्ने गरी काम भइरहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।  यस वर्ष पशुपतिमा झण्डै ११ हजार साधु सन्त आएका छन्। झण्डै ५० हजार साधुसन्त आउने अनुमान् गरिएकोमा कोरोना महामारीका कारण संख्या घटेको हुनसक्ने कोषले जनाएको छ। साधुसन्तलाई वर्गीकरण गरि गुठीले दक्षिणासहित बिदाइ गर्ने र त्यसमा कोषले रकम थपेर सम्मानसहित बिदाइ गर्ने चलन छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×